फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो तत्कालको स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् । ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काठमाडौँका सांसदसमेत रहेका थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।
उनले भने, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ।’
थापाले फोहोरको समस्या समाधान गर्नका लागि सबैजना पहिले एक ठाउँमा आएर छलफल गर्नुपर्ने पनि बताए । यसका लागि संघको सहरी विकास मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाई थियो । थापाले फोहोरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर कुरा राख्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘सहरी विकास मन्त्रीसँग पनि हामीले समय मागेका थियौँ । उहाँ दाङमा हुनुहुँदो रहेछ । भोलि आउँछु भन्नुभएको छ ।’
थापाले फोहोरको समस्या समाधान गर्नका लागि अनुगमन र सहजीकरणको बलियो संयन्त्र बनाउन पनि प्रस्ताव गरेका छन् । उनले भने, ‘संयन्त्रमा काठमाडौँ र धादिङका सांसद राखौँ । कहीँ अप्ठ्यारो भयो भने गाँठो फकाउने काम गरौँ । दबाब दिन पर्यो भने दबाब दिऔँ । नत्र सङ्कट परेको बेला तत्काल सम्झौता मात्र हुन्छ । काम अघि बढ्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण