शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-बाबुरामले एउटै चिह्नबाट चुनाव लड्ने निर्णय अनुमोदन गरिँदै

सोमबार, ३० साउन २०७९, १७ : ०३
सोमबार, ३० साउन २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच एउटै चुनाव चिह्नमा लड्ने विषयमा भएको सहमति अनुमोदनको तयारी भएको छ । सहमति अनुमोदनका लागि दुबै पार्टीले बैठक बोलाएका छन् । 

जसअनुसार माओवादी केन्द्रको स्थायी समिति  र नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक मंगलबारका लागि बोलाइएको छ । सोही  बैठकबाट दुबै पार्टीले निर्णय अनुमोदन गराउने छन्। आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा बाबुरामले हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने समझदारी भएकाले सो सहमति पार्टी स्थायी समिति बैठकबाट अनुमोदन हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

‘अहिलेसम्म प्रचण्ड र बाबुरामजी एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने समझदारी भयो । बाबुरामजी हँसिया हथौडा चुनाव चिह्न लिएर लड्न तयार हुनुभयो  । भोलि बस्ने आ–आफ्नो पार्टीको बैठकबाट अनुमोदन गराउँछौ ’ रातोपाटीसँग कुरा गर्दै महराले भने,‘भोलि बस्ने माओवादी स्थायी समिति र बाबुरामजीको केन्द्रीय समिति बैठकले निर्णय गरेमा एउटै चुनाव चिह्नमा चुनाव लड्ने विषयमा सहमति गर्छौ ।’ 

प्रचण्ड बाबुराम दुबैले एउटै चुनाव चिन्ह लिएर लड्ने विषयमा आ–आफ्नो पार्टीबाट आज निर्णय गर्ने तयारी गरेपनि गृह कार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ । दुबै पार्टीबाट चुनाव चिह्नका विषयमा अनुमोदन भएपछि निर्वाचन आयोगलाई जानकारी गराइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप