ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित
काठमाडौंको फोहोर व्यवस्थापन हुने क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको छ । स्थानीयले भदौ १ देखि काठमाडौंको फोहोर उठ्न नदिने घोषणा गरेका थिए ।
सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिइएको उनको भनाइ छ । मन्त्रालयको निर्णयानुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ । यससँगै काठमाडौंमा विकराल बनेको फोहोरको समस्या समाधान हुने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान