'होल एयर टुरिजम सिजन' को विकास गर्न मन्त्री श्रेष्ठको अपिल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पूर्ण वर्षभरि नै पर्यटन सिजनको रुपमा विकास गरिनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनसहितको ४४ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
अहिले २-४ महिना मात्र सिजनल पर्यटकको रुपमा विदेशी पर्यटकहरु आइरहेकामा अब यसलाई १२ महिना बाह्रै काल पर्यटक आकर्षित हुनेगरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
'अब सिजनल पर्यटन मात्र होइन सर्कल अफ एयर नै पर्यटन व्यवसाय चल्नुपर्छ' मन्त्री श्रेष्ठले भने, 'यसका लागि के गर्नुपर्नेछ, कुन कुन क्षेत्रको विकास गर्नुपर्छ सरकार तयार छ । तपाई व्यवसायीहरु पनि मुलुकको पर्यटनको प्रवर्द्धनमा आ-आफ्नो क्षेत्रबाट लाग्नुस्' मन्त्री श्रेष्ठले भने ।
सोही अवसरमा मन्त्री श्रेष्ठले पर्यटन आकर्षण गर्नकै लागि सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रुपमा अघि सारेको बताए । यस्तै, नेपाली पर्यटन क्षेत्रको वृद्धि विकास एवम् प्रवर्द्धनमा विशेष प्राथमिकता दिदै सरकारले ८ हजार भन्दा माथिका अन्य हिमालहरूको आरोहण खुल्ला गर्नेसहित विविध ७४ बुँदे कार्य योजना ल्याएको बताए ।
हाल पर्यटन क्षेत्रमा रहेको यावत् समस्याको समाधान खोज्दै पर्यटन विकासमा निजी सरकारी सबैको ऐक्यवद्धता आवश्यक रहेको समेत श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर
-
कोरम नपुगेको भन्दै सिन्धु विकास बैँकको साधारणसभा स्थगित
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक