शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'होल एयर टुरिजम सिजन' को विकास गर्न मन्त्री श्रेष्ठको अपिल

सोमबार, ३० साउन २०७९, १० : ४४
सोमबार, ३० साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पूर्ण वर्षभरि नै पर्यटन सिजनको रुपमा विकास गरिनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनसहितको ४४ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

अहिले २-४ महिना मात्र सिजनल पर्यटकको रुपमा विदेशी पर्यटकहरु आइरहेकामा अब यसलाई १२ महिना बाह्रै काल पर्यटक आकर्षित हुनेगरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । 

'अब सिजनल पर्यटन मात्र होइन सर्कल अफ एयर नै पर्यटन व्यवसाय चल्नुपर्छ' मन्त्री श्रेष्ठले भने, 'यसका लागि के गर्नुपर्नेछ, कुन कुन क्षेत्रको विकास गर्नुपर्छ सरकार तयार छ । तपाई व्यवसायीहरु पनि मुलुकको पर्यटनको प्रवर्द्धनमा आ-आफ्नो क्षेत्रबाट लाग्नुस्' मन्त्री श्रेष्ठले भने ।

सोही अवसरमा मन्त्री श्रेष्ठले पर्यटन आकर्षण गर्नकै लागि सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रुपमा अघि सारेको बताए । यस्तै, नेपाली पर्यटन क्षेत्रको वृद्धि विकास एवम् प्रवर्द्धनमा विशेष प्राथमिकता दिदै सरकारले ८ हजार भन्दा माथिका अन्य हिमालहरूको आरोहण खुल्ला गर्नेसहित विविध ७४ बुँदे कार्य योजना ल्याएको बताए । 

हाल पर्यटन क्षेत्रमा रहेको यावत् समस्याको समाधान खोज्दै पर्यटन विकासमा निजी सरकारी सबैको ऐक्यवद्धता आवश्यक रहेको समेत श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप