शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बार्यनको सहज जित

सोमबार, ३० साउन २०७९, १० : ४३
सोमबार, ३० साउन २०७९

जर्मन बुन्डेस लिग फुटबलमा साविकको विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र थोमस मुलरले एक–एक गोल गरे ।

बायर्नले दुबै गोल पहिलो हाफमा गरेको हो । खेलको ३३ औं मिनेटमा मुसियालले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४३ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई २–० गोलको जित दिलाए । जितसँगै बायर्नले दुई खेलबाट ६ अंक जोडेको छ ।

यता उल्फवर्गले दुई खेलबाट १ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप