बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले भने, ‘म भित्र ठूलो पीडा छ, यो व्यक्त नगरी बस्न सक्दिनँ’

सोमबार, ३० साउन २०७९, १० : २६
सोमबार, ३० साउन २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूभित्र ठूलो पीडा भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा लाल किल्लाबाट देशको नाममा गरिएको सम्बोधनमा उनले यसो भनेका हुन् ।

७५ औँ स्वतन्त्रता दिवसको अवसरमा उनले भने, ‘मेरो मनमा एउटा निकै ठूलो पीडा छ । म यो पीडा व्यक्त नगरी बस्न सक्दिनँ । यो लाल किल्लाबाट भन्ने विषयमा पनि नहुन सक्छ । तर मभित्रको यो पीडा मैले आफ्ना देशवासीलाई नभने अरु कसलाई भनुँला ?’

मोदीले भने, ‘कुनै न कुनै कारणले हामीभित्र एउटा यस्तो विकृति आएको छ । हाम्रो बोलीचालीमा, हाम्रो व्यवहारमा, हाम्रा केही शब्दमा... हामी नारीको अपमान गर्छौँ । के हामी स्वभावले, संस्कारले, दैनिक जीवनयापनमा नारीलाई अपमानित गर्ने हरेक कुरासँग मुक्तिको संकल्प लिन सक्छौँ ?’

मोदी थप्छन्, ‘नारीको गौरव राष्ट्रको सपना पूरा गर्ने निकै ठूलो पुँजी बन्ने वाला छ । त्यसैले मेरो यो तपाईंहरु सबैसँग आग्रह छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप