साहित्यिक पत्रकार सङ्घको स्वर्ण वर्ष शुभारम्भ कार्यक्रम सम्पन्न
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक पत्रकार सङ्घ ५० औँ स्थापना दिवसको अवसरमा राजधानी स्थित थाहा पुस्तकालय, मीनभवनमा ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति केके कर्माचार्यले पानसमा दीप प्रज्वलन गरेर उक्त महोत्सवको शुभारम्भ गरे । सो कार्यक्रममा उनले साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको लोगोसमेत अनावरण गरे ।
कार्यक्रमा उनले साहित्यिक पत्रकार सङ्घले नेपाली साहित्यको सिर्जना र प्रचार प्रसार खेलेको भूमिकाको चर्चा र प्रशंसा पनि गरे । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष विश्व विमोहन श्रेष्ठले साहित्यिक पत्रकार सङ्घका गतिविधिको चर्चा गर्दै महोत्सवको उद्देश्य र महत्त्वमाथि प्रकाश पारे ।
कार्यक्रममा विशिष्ट अतिथिहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष मोहन सिटौला (अमेरिका), वरिष्ठ निबन्धकार एवं पत्रकार कृष्ण प्रधान (भारत), प्राज्ञहरू माया ठकुरी र डा. बेन्जु शर्मा, वरिष्ठ साहित्यकारहरू डा. गार्गी शर्मा, भरत जङ्गम र प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष एवं भाषा आयोगका सदस्य मातृका पोखरेलले आआफ्नो मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष हेमन्त श्रेष्ठ (अमेरिका) र नरेन्द्रबहादुर श्रेष्ठका लिखित शुभकामनासमेत वाचन गरिएको थियो । सो कार्यक्रममा साहित्यकारहरू मोमिला जोशी, विमल भौकाजी, बाबा बस्नेत, ध्रुव मधिकर्मी, नन्दु उप्रेती, पवन आलोक, मन्जिला अनिल, नरनाथ लुइँटेल, विजयध्वज थापा, दिव्य गिरी, गणेश भण्डारी, मनोज न्यौपाने, ललिता दोषी, राजेश्वर कार्की, सुदर्शन श्रेष्ठ, नीता श्रेष्ठ, ज्ञान्दरी कैनी, रेखा यादव, शिव अधिकारीलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण