शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा पर्छ गम्भीर असर

सोमबार, ३० साउन २०७९, ०८ : १९
सोमबार, ३० साउन २०७९

कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि पुर्‍याउन सक्छ । हो, केही यस्ता चिजहरु छन् जुन कटहर सँगै  खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तपाईंंले यी चिज खानबाट बच्नुपर्छ ।

कटहरसँग यस्ता खानेकुरा नखानुहोस्

१. मेवा

कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो ।

२. दुध

कटहर खाएपछि तुरुन्तै दुध पनि खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिन सक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानु हुँदैन।

३. भिन्डी

यस्तै, कटहर र भिन्डी पनि एकैपटक खानु हुँदैन । कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । तसर्थ, कटहर खाइसकेपछि तुरुन्तै भिन्डी खानबाट जोगिनुपर्छ ।

४. पान

कटहर खाएलगत्तै पान पनि नखानुहोस् । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढै बस्दा राम्रो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप