शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिडी र रैराङ्ग हाइड्रोपावरद्वारा एकीकृत कारोबार सुरु

आइतबार, २९ साउन २०७९, २१ : ३७
आइतबार, २९ साउन २०७९

रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो । 

एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पुर्‍याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा पुर्‍याउन निजी क्षेत्र अगाडि रहेको जिकिर गरे ।

अध्यक्ष सिंहले देशमा भएको जलविद्युतको स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि हुने बताए । उनले विद्युत् नियमन आयोगलाई जलविद्युत कम्पनीहरूलाई कर छुट दिने अधिकार नभएको बताए । अध्यक्ष सिंहले विद्युत् नियमन आयोगले विद्युत् निर्माणमा सहुलियत प्रदान गर्ने कुरामा सहयोग गर्न सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप