शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान रुस्दीमाथि अमेरिकामा हमला भयो भने ममाथि पनि आक्रमण हुन सक्छ : तसलिमा नसरीन

आइतबार, २९ साउन २०७९, २१ : २७
आइतबार, २९ साउन २०७९

बंगालदेशकी लेखीका तस्लिमा नसरीनले सलमान रुस्दीमाथिको आक्रमणपछि आफूमाथि पनि आक्रमण हुनसक्ने चिन्ता व्यक्त गरेकी छन् । ‘अमेरिकामा उच्च सुरक्षाको बावजुद पनि  सलमान रुस्दीमाथि हमला भएको छ । पश्चिमी सुरक्षा संसारमा सबैभन्दा राम्रो मानिन्छ । त्यहाँ समेत रुस्दीमाथि आक्रमण हुन सक्छ भने म पनि सक्छु भन्ने डर छ ’ तसलिमाले भनिन् । 

रुश्दीले ३४ वर्षअघि लेखेको ‘द सट्यानिक भर्सेस’ले मुस्लिम धर्मका प्रवर्तक मोहम्मदको अपमान भएको आरोप लागेपछि ठूलो विवाद सिर्जना भएको थियो । पुस्तकविरुद्ध ठूलठूला विरोध ¥याली निस्किए । पुस्तक प्रकाशन भएको एक वर्षपछि रुस्दीका विरुद्ध इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीले हत्याको फतवा जारी गरे । त्यसपछि उनी विभिन्न पश्चिमी मुलुकका गोप्य स्थानमा बसोबास गर्दै आएका छन् । 

यसका बावजुद रुश्दी अतिवादी आक्रमणबाट बच्न सकेनन् । रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति २४ वर्षको मात्रै भएको उनको भनाइ छ । उनीविरुद्ध फतवा जारी हुँदा उनी जन्मिएका पनि थिएनन् । उसले इरानी फतवामा विश्वास गरेका कारणले आक्रमण गरेको नसरीनले बताइन् । अतिवादको अन्त्य गर्न यो जुन वातावरणमा फस्टाएको छ, त्यसलाई नष्ट गर्नुपर्ने नसरीनले बताइन् । अन्यथा यस्ता आक्रमणहरू भइरहनेछन् । तस्लिमा पनि उनका किताबका कारण कट्टरपन्थीको निशानामा रहिरन्छिन् । सन् १९९३ मा उनको चर्चित उपन्यास लज्जा प्रकाशित भएपछि बंगलादेशमा ठूलो विरोध सिर्जना भएको थियो ।  

सोही वर्ष अक्टोबरमा काउन्सिल अफ इस्लामिक सोल्जर्स नामक सस्थाले हत्याको फतवा जारी गर्यो । त्यसपछि उनी लुक्दै युरोप बसिइन् । त्यहाँ गएर उनले पूर्णरुपमा लेखन कर्म गर्न थालिन् । त्यसअघि उनी पेसाले चिकित्सक पनि थिइन् । उनी युरोपमा लामो समय बसेर अहिले भारतमा बस्दै आएकी छन् । उनीहरुलाई ज्यान मार्ने धम्की आउने क्रम जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप