राष्ट्रपतिको कदम संवेदनहीनताको स्पष्ट उदाहरण : तमलोपा
राष्ट्रपतिले संघीय संसद्को दुवै सदनबाट पारित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेकोमा तराई–मधेस लोकतान्त्रिक पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
विधेयकमा नागरिकता प्राप्ति सम्बन्धी कुन विषय संविधानसँग बाझिएको वा कहाँनेर संघीय संसद्ले पुनर्विचार गर्नुपर्ने प्रस्टै नपारी स्पष्ट सन्देशरहित अवस्थामा अकारण विधेयकलाई यसरी फिर्ता गरिनुप्रति पार्टीले आपत्ति जनाएको हो ।
पार्टी अध्यक्ष वृषेशचन्द्र लालले भनेका छन्, ‘संविधानअनुसार प्रमाणीकरणको हद अवधिसम्म थन्काएर राखी गरिएको यो कारबाही नागरिक भएर पनि नागरिकता प्रमाणपत्रको अभावमा नागरिक अधिकारको उपभोग गर्न नपाएकाहरूप्रति संवेदनहीनताको स्पष्ट उदाहरण हो ।
यस्तो कारबाहीले विभेदी मानसिकतालाई दुरुत्साहित र देशको जनता(जनताबीच एकताको डोरीलाई कमजोर गर्दछ । देशको जनताको नागरिकता सम्बन्धी नैसर्गिक हकमाथि बरोबर हुँदै आएका यस्ता दुर्भावनापूर्ण खेलहरूप्रति तराई(मधेस लोकतान्त्रिक पार्टी रोष र विरोध गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...