शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठान जिप दुर्घटना : दुई छोरीको मृत्यु, बाबुआमा घाइते

आइतबार, २९ साउन २०७९, २१ : १३
आइतबार, २९ साउन २०७९

प्युठानको नौबहिनी गाउँपालिका–६ स्थित बहानेमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको  छ । दुर्घटनामा परेर एकै घरका दुईजना दिदी बहिनीको मृत्यु भएको प्युठानका डिएसपी सत्य थापाले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–५ घर भएका ४ वर्षीया करुणा बुढामगर र उनकी २५ दिनकी बहिनी चेतना बुढामगर छिन् । बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप चालक २५ वर्षका लुकेश थापाको पनि मृत्यु भएको छ । मृतक करुणा र चेतनाका बुवा २८ वर्षीय हुम बहादुर बुढामगर र आमा २५ वर्षीया रेमसरा बुढामगर घाइते भएकी छन् ।

दुर्घटनामा १८ जना घाइते भएको र उनीहरूको प्युठान नगरपालिकास्थित बिजुवार अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप