राष्ट्रपतिबाट फिर्ता आएको विधेयकबारे सदनले आवश्यक निर्णय गर्छ : देव गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नागरिकता विधेयक फिर्ताका सम्बन्धमा राष्ट्रपतिबाट औंल्याइएका विषय अध्ययन गरेरमात्र त्यसबारे प्रतिक्रिया जनाउन उचित हुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको सम्बन्धमा सोधिएको प्रश्नमा उनले संविधानअनुसार राष्ट्रपतिले एक पटकसम्म विधेयक फिर्ता पठाउन सक्ने भएकाले यसलाई अनौठो मान्न नहुने बताए ।
‘संवैधानिक रुपमा राष्ट्रपतिले संसदबाट पारित भएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ, कि त एक पटकका लागि सदनमा पुनर्विचार गर्न पठाउनुपर्छ,’ उनले भने, ‘सदनमा फिर्ता पठाउँदा यहाँ करेक्सन गर्नुपर्छ भनेर दफा, व्यहोरा खुलाएर पठाइएको रहेछ भने तिनमा पुनर्विचार गर्ने कि नगर्ने भन्ने कुरा सदनले नै निर्णय गर्छ ।’
अहिले नागरिकता विधेयकका सम्बन्धमा भेग रुपमा फिर्ता पठाएको भन्ने कुरा आफूले सुनेको उनले बताए । त्यसो हो भने प्रक्रियाप्रति नै असहमति हो कि भन्ने कुरा आउने उनको भनाइ छ । राष्ट्रपतिबाट विधेयक फिर्ता पठाउँदा कुन दफामा के आपत्ति छ भन्ने खुलाएको रहेनछ भने सामान्य तथा प्रक्रियाप्रति नै आपत्ति रहेछ भनेर बुझ्नुपर्ने र सदनले त्यहीअनुसार आफ्नो निर्णय गर्ने उनले बताए ।
उनले भने, ‘विधि, प्रक्रिया के छ, त्यो अनुसार भयो कि भएन भनेर हेर्नुपर्छ । संविधानले एक पटक फिर्ता पठाउन सक्ने अधिकार राष्ट्रपतिलाई दिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक
-
अक्षतराज पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान
-
युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन : मुख्यमन्त्री लामा
-
चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत
-
विभिन्न माग राखी कर्मचारीले बुझाए समितिमा हस्ताक्षर
-
दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा