राष्ट्रपतिको विवेकहीन निर्णय : काँग्रेस
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता गरेर राष्ट्रपतिले विवेकहीन निर्णय गरेको सत्तारुढ दल नेपाली काँग्रेसले ठहर गरेको छ । काँग्रेस संसदीय दलकी प्रमुख सचेतक चित्रलेखा यादवले राष्ट्रपतिको कदमको आफ्नो पार्टीले प्रतिवाद गर्ने पनि बताइन् ।
रातोपाटीसँगको संक्षिप्त कुराकानीमा यादवले भनिन्, ‘ नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले गलत गर्नुभयो । वर्षौँदेखि नागरिकता नपाएकाहरुलाई नागरिकता पाउने गरी सरकारले कानुन बनाएर पठाएको थियो । त्यो फिर्ता पठाउनु उहाँको विवेकहीन निर्णय हो ।’
उनले यस विषयमा कसरी अघि बढ्ने बारे सत्तारुढ गठबन्धनमा छलफल हुने जानकारी दिइन् । ‘यसबारे काँग्रेसमा पनि छलफल हुन्छ । छलफलपछि काँग्रेसले आधिकारिक धारणा बनाउँछ,’ उनले भनिन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार पुनः प्रतिनिधिसभामै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर सभामुख सापकोटाले प्रमाणीकरण गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण