शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयर बालेनले भने–असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ?

आइतबार, २९ साउन २०७९, २० : ३२
आइतबार, २९ साउन २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै आक्रोश पोखेका छन् । आइतबार ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेकामा उनले आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।

आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि दुई स्थानमा अवरोध गरेको भन्दै मेयर बालेनले अवरोधका कारण ९० वटा फोहोरका गाडीहरुमात्रै बञ्चरे डाँडा पुगेको जानकारी गराए । उनले भनेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप