शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराई चयन

आइतबार, २९ साउन २०७९, २० : १४
आइतबार, २९ साउन २०७९

विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । यस्तै बैठकले संयोजकमा कार्यसम्पादन सञ्जिववल्लभ भट्टराईलाई चयन गरेको छ ।

विवेकशील साझाकी बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिइन्। यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। संयोजक चयन भएका भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गरेका छन् । ३४ बर्से भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए।

यस्तै बैठकले आउँदो मङ्सिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप