इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु
आइतबार, २९ साउन २०७९, १९ : ३०
इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको हो।
आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।
आगलागीमा परी दर्जनौं घाइते भएका बताइएको छ । अग्नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा