शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अगष्ट १४ मा ब्रिटिस भारतबाट छुट्टिएको थियो पाकिस्तान, यसरी कोरिएको थियो सिमाना

आइतबार, २९ साउन २०७९, १९ : ०६
आइतबार, २९ साउन २०७९

पचहत्तर वर्षअघि बेलायती अधिवक्ता सर सिरिल ¥याडक्लिफलाई ब्रिटिश शासित भारतलाई दुई नयाँ र स्वतन्त्र राष्ट्रबीच सिमा कोर्ने जिम्मेवारी दिइएको थियो । त्यसबाट जन्मिने मुलुकहरुमध्ये एउटा हिन्दू बहुल भारत हुने थियो भने अर्को मुस्लिम बहुल पाकिस्तान हुने थियो । 

२०० वर्षदेखि बेलायती उपनिवेश रहेका यो भूमिलाई धर्मका आधारमा विभाजित गर्ने जिम्मा भारतीय महाद्वीपमा कहिले पाइला नटेकेका ¥याडक्लिफलाई दिइएको थियो । ठाउँ-ठाउँमा साम्प्रदायिक हिंसा भड्किरहेको संवेदनशिल समयमा उनलाई यो काम पाँच हप्ताभित्र सकाउने जिम्मेवारी दिइएको थियो । उनले कोरेका रेखाहरूले आधुनिक इतिहासको सबैभन्दा ठूलो बसाइसराइ निम्त्यायो । झण्डै १.५ करोड मानिसहरु तिनको वासस्थानबाट विस्थापित भएर अर्को मुलुकतर्फ सर्न बाध्य भए । २० लाखभन्दा बढी मानिसहरू मारिएको बताइन्छ ।

आइतबार भारत पाकिस्तानबीचको सिमानालाई यो सिमारेखा निर्धारण गर्ने उनै सिरिल ¥याडक्लिफको नामबाट ¥याडक्लिफ लाइन भनिन्छ । यो सिमा रेखा भारत र पाकिस्तानको स्वतन्त्रता भइसकेपछि सन् १९४७ सेप्टेम्बर १७ को दिन आधिकारिक रूपमा घोषणा गरिएको थियो । ¥याडक्लिफलाई दुई देशको सिमाना कोर्दा मुस्लिम र हिन्दूहरूको जनसंख्यालाई पहिलो आधार बनाउन र अन्य पक्षहरुलाई पनि ख्याल गर्न भनिएको थियो । अन्य पक्षले के के कुरालाई समेट्छ कहिल्यै पनि स्पष्ट भनिएन । तर तिनमा सिंचाई नहर तथा रेललाइन जस्ता आर्थिक तथा संचार पूर्वाधार रहेको विश्वास गरिन्छ । 

भारत, पाकिस्तान र बंगलादेश कसरी बन्यो ? 
विभाजनको प्रक्रिया सरल थिएन । ब्रिटिश–नियन्त्रित क्षेत्रहरू बाहेक भारतीय उपमहाद्वीपमा फ्रेन्च, पोर्तुगिज वा ओमानी नियन्त्रित भूभाग पनि थिए । त्यसका अतिरिक्त झण्डै एक तिहाई भागहरुमा झण्डै ५०० ससाना राजारजौटाको राज्यहरु जसलाई प्रिन्स्ली स्टेट भनिन्थ्यो । स्वतन्त्रतापछि, ती ५०० राजारजौटालाई भारत वा पाकिस्तानमा सम्मिलित हुने वा स्वतन्त्र रहने विकल्प दिइएको थियो । केही क्षेत्रहरू धेरैपछि मात्र भारत वा पाकिस्तानको हिस्सा बने ।

ब्रिटिस भारतको हिस्साहरुमध्ये कश्मीर एक मात्र त्यस्तो क्षेत्र हो, जुन दुई राष्ट्रहरुमध्ये एकमा पूर्ण रूपमा बिलिन भएन । यो भाग दुई देशले बाडेरले लिए, त्यो पनि सेना प्रयोग गरेर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप