निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान
आइतबार, २९ साउन २०७९, १८ : ४९
निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षणका लागि आवेदन आह्वान गरेको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी काम कारवाहीको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोगले इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको हो ।
आइतबार प्रकाशित सूचनाअनुसार इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । साथै, निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले साउन २८ गते निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री