मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने निर्णय
निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको छ । आयोगले मंसिर ४ गते तय भएको आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको हो ।
‘मिति २०७९/०४/१९ (निर्वाचन घोषणा भएको दिन) सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये मिति २०७९/०८/०३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन
-
रेशमको मुद्दामा मिसिल झिकाउन आदेश