शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडी उत्कृष्ट छन्, थोरै टेक्निकको आवश्यक : प्रभाकर

आइतबार, २९ साउन २०७९, १८ : ३७
आइतबार, २९ साउन २०७९

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आधिकारीक रुपमा नेपाली प्रशिक्षकत्व सम्हालेका छन् । शनिबार नेपाल आएका उनले आधिकारीक रुपमा आइतबारबाट नेपाली टोलीको जिम्मेवारी सम्हालेका हुन् । 

नेपाली टोलीको जिम्मेवारी सम्हालेका उनले खेलाडीहरु उत्कृष्ट भएको तर, उनीहरुमा थोरै टेक्निकको आवश्यक्ता भएको बताए । विश्व स्तरका खेलाडीहरूले पनि टेक्निकको आधारमा धेरै रन बनाउने भएकाले नेपाली खेलाडीहरुलाई पनि सोही टेक्निक आवश्यक भएको बताए । ‘खेलाडीहरु धेरै राम्रो छन् । उनीहरुको ब्याटिङ पक्षमा थोरै टेक्निक थप्न जरुरी छ । त्यो भएमा सबै ठिक हुनेछ । टेक्निकका साथ केएल राहुल र विराट कोहलीले रन बनाएको देखेको छु । टी–ट्वान्टी क्रिकेटमा टेक्निकको आवश्यक पर्छ,’ उनले भने । 

प्रभाकरले नेपालको एकदिवसीय मान्यता जोगाउन आफूले अब धेरै मेहेनत गर्ने बताएका छन् । नेपालले आईसीसी विश्वकप लिग टू मा २० खेलमा जम्मा ११ खेलमा जित निकालेको हुँदा बाँकी १६ खेलमा आफूले धेरै खेलमा जित निकाल्ने तरिकाले खेल्ने बताए । उनले ब्याटिङको समस्या छिटै समाधन हुने बताएका छन् । उनले आफू सबैभन्दा पहिले टिमको समस्यालाई निहालेर अघि बड्ने बताए । ‘मेरो पहिलो लक्ष्य आईसीसी विश्वकप लिग टूको धेरै खेलमा जित निकाल्ने हुनेछ । नेपालले २० खेल खेलि सकेको छ । मात्र १६ खेल खेल्न बाँकी छ । अब बाँकी खेलमा धेरै भन्दा धेरै जित निल्ने लक्ष्य छ । यसले नेपालको एकदिवसीय मान्यतालाई जोगाउन सहयोग गर्नेछ,’ उनले भने । 

प्रभाकरले नेपाली टोलीमा एकता हुने र सबै खेलाडी परिवारको जस्तो रहने बताए । सबै खेलाडीलाई आफूले एक परिवारको जस्तै तरिकाले लिने उनले बताए । उनले सबै खेलाडीलाई एक ढिक्का बनाएर जाने तर कुनै खेलाडीले सोही अनुसार नजाने भएपछि त्यसलाई टिमका लागि उत्कृष्ट रिजल्ट व्यक्तिगत रुपमा नै लिन लगाउने वातावरण ल्याउने बताए । ‘टिममा भएका सबै खेलाडीको एकता हुनेछ । हामी सबैलाई परिवारको जस्तो अघि लिएर जानेछौँ । यदि कुनै खेलाडीले खेल्न नमानेमा हामीले उनीहरुलाई व्यक्तिगत रुपमा जिम्मेवारी दिइनेछ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप