बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साउदी र मलेसिया दूतावासका समस्याबारे श्रममन्त्रीलाई जानकारी

आइतबार, २९ साउन २०७९, १८ : १९
आइतबार, २९ साउन २०७९

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले साउदीस्थित नेपाली दूतावासका समस्याबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई जानकारी गराएको छ ।  आइतबार मन्त्रालयमा मन्त्री कुँवरलाई भेटेर ८ वटा समस्याबारे जानकारी गराएको हो । 

कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरूले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली लगायतका विषयमा मन्त्री कुँवरलाई जानकारी गराइएको हो । त्यस्तै मञ्चले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई ४ बुँदे माग अघि सारेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै ति समस्याका लागि पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरेका हुन् । 

मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले साउदी र मलेसिया दूतावासमा धेरै समस्या रहेको र ति समस्याबारे मन्त्रीलाई अवगत गराइएको बताए । मलेसिया दूतावासबाट प्रमाणीकरणमा भइरहेको ढिला सुस्तीलाई चुस्त दुरुस्त बनाउन अविलम्ब जनशक्ति थप गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै श्रमिकले गरेको मेडिकलको रिपोर्ट एफडब्लूसीएमएस बाट म्याद गुज्रँदा समेत अनलाइन नभइरहेको परिस्थितिमा उक्त समस्याको समाधानका लागि कुटनीतिक पहल गर्न मन्त्री कुँवरलाई सुझाव दिएका छन् । 

म गन्तव्य मुलुक पुगेर मेडिकल अनफिट भएर फर्केका श्रमिकको ठाउँमा परिपूर्ति गर्न फेसिममा कोटा खाली गराउन आवश्यक रहेकोले त्यसको पहल गर्नुपर्ने र प्राय सबै गन्तव्य मुलुकमा जाने हवाई भाडामा भएको मूल्य बृद्धि अस्वभाविक रहेकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नियन्त्रणको लागि पहल गर्नुपर्ने माग अघि सारेका छन् । 

समस्या सुनेपछि मन्त्री कुँवरले आफु समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । आफुले सम्बन्धित देशका राजदूतलाई भेटेर नेपाली कामदारलाई सहज वातावरण बनाउन पहल गर्ने मन्त्री कुँवरको प्रतिबद्धता थियो ।  अहिले वैदेशिक रोजगारीमा  खालका समस्या देखिएको भन्दै श्रमबजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउन सबैले पहल गर्नुपर्नेमा मन्त्री कुँवरको जोड थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप