बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इजिप्टको एक चर्चमा आगजनी हुँदा कम्तिमा ४१ जनाको मृत्यु

आइतबार, २९ साउन २०७९, १८ : ०४
आइतबार, २९ साउन २०७९

इजिप्टको एक चर्चमा आगजनी हुँदा ४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । राजधानी कायरो नजिकको गिजा नामक शहरस्थित अबु सिफिन कोप्टिक चर्चको आगजनीमा ५५ जना घाइते भएका छन् ।  अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतलाई उद्धृत गर्दै चर्चमा ५००० मानिसहरु प्रार्थनाको लागि भेला भएको समयमा विद्युतीय सर्ट भएको र मानिसहरुको भागाभाग भएको लेखेको छ । 

आगजनी निभाउनका लागि १५ दमकल प्रयोगमा ल्याइएको सम्बद्ध निकायले बताएको छ । घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको थियो । अग्नि नियन्त्रण विभागले आगजनी नियन्त्रणमा आइएको बताएको छ । देशका राष्ट्रपति अब्देल फतेह अल–सिसीले कोम्टिक क्रिश्चियन सम्प्रदायका पोप टवाड्रोसलाई फोन गरेर घटनाप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

कोप्टिक क्रिश्चियन समुदाय मध्यपूर्वको सबैभन्दा ठूलो क्रिश्चियन समुदाय हो, जसको संख्या इजिप्टमा १ करोड छ ।  पछिल्ला वर्षहरुमा इजिप्टले कयौं गम्भिर आगजनीको सामना गर्नुपरेको छ । गत वर्ष मार्चमा कायरोको बाहिरी भागमा रहेको एक कपडा उद्योगमा लागेको आगजनीमा २० को मृत्यु भएको थियो । त्यस्तै सन् २०२०, दुई अस्पतालमा आगजनी हुँदा १४ कोभिड बिरामी मारिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप