बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा १२ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

आइतबार, २९ साउन २०७९, १७ : ३६
आइतबार, २९ साउन २०७९

सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।  प्रहरीले जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको छ ।  प्रहरीकहाँ जाहेरी आएपछि उनका बुबालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

 जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको हो । उनले भने, ‘बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको प्रहरी टोलीले ती बाबुलाई नियन्त्रणमा लिइएको छ । हामीले अहिले अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार पीडित बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले बाबु छोरीको नाम सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप