शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

आइतबार, २९ साउन २०७९, १७ : ३५
आइतबार, २९ साउन २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका ५ हजार ४३५ जना संक्रिय संक्रमित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप