बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा मल बिक्री वितरण

आइतबार, २९ साउन २०७९, १७ : २७
आइतबार, २९ साउन २०७९

कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ । कार्यालय प्रमुख नरेशकुमार  सापकोटाका अनुसार कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहेपनि उपलब्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य सुरु भएको हो ।

कम्पनीले युरिया वितरण गर्ने सम्बन्धमा सहकारीलाई एक महिनादेखि पत्र पठाएको उनले बताए । कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरेको थियो । कम्पनीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्ने गरेको छ ।

कम्पनीले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाममार्फत मल बिक्री वितरण थालेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताए । प्रदेशमा किसानलाई वार्षिक रुपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन आवश्यक रहेको छ । कम्पनीले ५० किलो युरिया रु ७५०, डिएपी रु दुई हजार २०० र पोटास रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप