एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको टौखेलमा

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखा उद्घाटन गरेको छ । आइतबार आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 


उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प रत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्वय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धकसन्तोष कुमार भट्टराईलगायतको सहभागिता थियो ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।