राजधानीका स्कुल बसका चालकले बिहानै बिहानै मापसे गरेर गाडी चलाउने गरेको खुलासा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई कारवाही गरेको छ । आइतबार बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा चालकहरूले मापसे गरेको खुलासा भएको हो ।
मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बस चालक इन्द्रबहादुर श्रेष्ठ , बा १ क ९४५६ नम्बरको टाइम इन्टरनेशनल कलेजका बस चालक राज कुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बस चालक साङ्गेल शेर्पा रहेका छन् ।
त्यस्तै बा ८ च ९३८३ नम्बरको रेडियन्ट पव्लिक स्कुलका भ्यान चालक शिवकुमार क्षेत्री, बा १८ च ९८०१ नम्बरको ओरेन्ट ईष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भीमसेन नेपाली रहेका छन् ।
ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् । मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमअनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेकजाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन् । जसमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या