मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका पुगेपछि टू पिस स्वस्तिमा !

आइतबार, २९ साउन २०७९, १६ : २५
आइतबार, २९ साउन २०७९

अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । एक फेसन शोमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । फेसन शोको अलवा उनी अमेरिका घुमघाम समेत गरिरहेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट तस्बिर मार्फत गराएकी छन् ।

उनले इस्टाग्राममा हालै अमेरिकाको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी समुन्द्री तटमा रमाएको देख्न सकिन्छ । शो क्रममा उनले कालो रंगको टू पिस लगाएकी छन् । नेपाल रहँदा प्रायः राम्रो पहिरनमा देखिने उनी अमेरिका पुगेपछि राम्रैसँग खुलेकी छन् । अमेरिकाको विन्दास जीवनले पनि उनलाई छोएको तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय चलेकी अभिनेत्री खड्काको केही अगाडि मात्र फिल्म ‘चिसो मान्छे’ सार्वजनिक भएको थियो । फिल्ममा उनी बाजुराकी एक महिलाको जीवनमा देखिएकी थिइन् । फिल्मले उनलाई चर्चा दिलाए पनि व्यवसायिक सफलता भने दिलाउन सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप