गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
आइतबार, २९ साउन २०७९, १६ : २२

प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए । गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला