प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’
सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो ।
शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारले नृत्य, अभिनय र क्यारिकेचर लगायत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिनेता सौगातले ‘माइकल अधिकारी’ मा आफुले फरक भूमिका निर्वाह गरेको बताउँदै फिल्म दर्शकले रुचि अनुसार निर्माण भएको बताए ।
निर्माता निरक पौडेलले सेरोगेसीको कथा फिल्ममा मनोरञ्जनात्मक तरिकाले पस्किएको बताए । रञ्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलीप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार लगायतको अभिनय छ । उद्धव पौडेलको प्रस्तुति रहेको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डको औसत प्रदर्शन, शतकबाट चुके केन विलियम्सन
-
कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?