शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचारका लागि पूर्वी नेपाल पुग्यो ‘माइकल अधिकारी’

आइतबार, २९ साउन २०७९, १६ : १४
आइतबार, २९ साउन २०७९

सौगात मल्ल र सृष्‍टि श्रेष्ठको अभिनय रहेको फिल्म हो ‘माइकल अधिकारी’ । ३ भदौबाट प्रदर्शनमा आउने फिल्म अहिले प्रचार प्रसारको दौडमा रहेको छ । यस्तैमा फिल्म युनिट अहिले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा पुगेको छ । फिल्मको प्रचार र कन्सर्टका लागि निर्माता निरक पौडेल सहितको टिम त्यहाँ पुगेको हो । 

शनिबार फिल्म युनिटले बिर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’ मा आयोजना गरिएको कार्यक्रममा  प्रस्तुति दिएको छ । कार्यक्रममा कलाकारले नृत्य, अभिनय र क्यारिकेचर लगायत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिनेता सौगातले ‘माइकल अधिकारी’ मा आफुले फरक भूमिका निर्वाह गरेको बताउँदै फिल्म दर्शकले रुचि अनुसार निर्माण भएको बताए ।

निर्माता निरक पौडेलले सेरोगेसीको कथा फिल्ममा मनोरञ्जनात्मक तरिकाले पस्किएको बताए । रञ्जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दिलीप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार लगायतको अभिनय छ । उद्धव पौडेलको प्रस्तुति रहेको फिल्म गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप