बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघकाे तालाबन्दीविरुद्ध अनेरास्ववियुको हस्ताक्षर अभियान

आइतबार, २९ साउन २०७९, १५ : १७
आइतबार, २९ साउन २०७९

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ । त्रिविको केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिबि.केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप