शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्याम थापालाई एन्फामा स्वागत

आइतबार, २९ साउन २०७९, १४ : ३२
आइतबार, २९ साउन २०७९

अखिल नेपाल फुटल संघ एन्फाले भारतका लिजेन्ड फुटबल खेलाडी श्याम थापालाई स्वागत गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले थापालाई स्वागत गर्दै नेपाली फुटबलमा थापाको योगदानका बारेमा चर्चा गरेका छन् ।

फुटबल खेलाडीसँगको अन्तरक्रियामा एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष विराटजंग शाही, दावा लामा र दीपक खतिवडालगायत कार्यकारी समितिका सदस्यहरू तथा एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

थापा नेपाली फुटबल टोलीका पूर्व प्रशिक्षक पनि हुन् । थापा नेपाली राष्ट्रिय फुटबल टोलीको  सन् २००६ देखि २००७ सम्म प्रशिक्षक रहेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप