प्राश्नाको तीज गीत ‘माइती आँगन’

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती आँगन’ को गीत सार्वजनिक भएको छ । गीतमा हिन्दू नारीहरूको विशेष पर्वमा माइतीको महत्व र छमछम कम्मर मर्काएर नाच्ने कुरा प्रस्तुत गरिएको छ ।


भिडियोले तीजमा माइतीको आँगनमा नै पुगेर घनघन मादन नघन्केसम्म, छमछम ननाचेसम्म तीज नआउने कुरा देखाएन खोजिएको छ ।  प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द छन् । 



गीतको एरेन्ज प्रदीप श्रेष्ठले गरेका हुन् । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शीक्षा पौडेल, वीनिता थापा, वीनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरको अभिनय देख्न सकिन्छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।