‘पञ्चेबाजा’को गीत : ‘घिन घिन मादल’मा सौगात र जस्मिनले मर्काए कम्मर

काठमाडौं –११ फागुनलाई रिलिज मिति तोक्दै प्रचार प्रसारमा उत्रिएको चलचित्र ‘पञ्चेबाजा’ले गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना सहित निर्माण युनिटले ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा अञ्जु पन्त र डेविड सरकारको स्वर रहेको छ, भने संगीत बिकाश चौधरीले दिएका छन् । अभिनेता सौगात मल्ल र अभिनेत्री जस्मिन श्रेष्ठ माथी गीत फिचरिङ गरिएको गीतमा शब्द प्रदीप भारद्वाजको र कोरियोग्राफी कविराज गहतराजको छ ।
न्यु भेनस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता राजेश शाही हुन् । एक गाउँका तीन पात्रको कथा माथी बनाइएको चलचित्र घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
सौगात र जस्मिन अलवा चलचित्रमा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको समेत अभिनय रहेको छ ।
सारा गुरुङ सह–निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?