राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सांसदको आपत्ति

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणीकरण गरेको तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी हुन्  ।


उनले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ ? भन्ने प्रश्न समेत गरिन् । उनले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘केपी शर्मा ओलीज्यूले लगभग दुई तिहाई नजिकको सरकार तीन वर्ष चलाउनु भयो । २२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रुपमा उहाँले संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा ल्याउनु भयो । र राष्ट्रपतिज्यूले त्यो अध्यादेशलाई लालमोहर लगाउनु भयो । तर आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओलीज्यूले ल्याउनुभएको विधेयक संसदमा आयो र पास भएर गयो तर उहाँले लालमोहर लगाउनु भएको छैन । यो विडम्बना । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि ? म सम्बन्धित पद र त्यस पदमा रहनु हुने सम्माननीय व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु ।’



उनले देशका अगुवा नेताहरुको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताइन् । उनले देशको परराष्ट्र नीति पार्टी पिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताइन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।