धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिन्छु : विमलेन्द्र निधि

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् । जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना यात्रीलाई जानकी मन्दिर प्रांगणबाट बिदाइ गर्दै निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।


उनले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराइनुपर्ने बताए । उनले लोसपा नेपाललाई गठबन्धन र सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले कुराकानी गरिरहेको बताउँदै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आफू लड्न नेता राजेन्द्र महतो संवाद गरिने बताए ।



उनले भने, ‘मैले निर्वाचनमा उम्मेदवारी दिनेमा कुनै दुईमत छैन । मलाई राजेन्द्र महतोले यसअघि पराजित गरिसकेकाले उहाँले यसपालि फेरि लड्ने कि नलड्ने भन्ने सवाल उहाँले नै भन्नु हुन्छ ।’
यसअघि नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले पनि धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदावरी दिने घोषणा गरेकी थिइन् । 



उनले काँग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अगामी निर्वाचनका लागि उम्मेदवार मनोनयनको अधिकार सभापति देउवालाई नै दिने निर्णय भएकोले पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारको टुंगो सभापतिले नै लगाउने समेत बताए ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।