वाचा तोड्दै सरकारी गाडी नै चढ्ने विराटनगरका मेयरको घोषणा

भन्छन्, ‘निजी गाडीमा महानगरको तेल प्रयोग गर्दा बेरुजु देखायो’

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता गरेका विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै पुनः सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखाउने भएको उल्लेख छ । 


यसअघि प्रमुखले चढ्दै आएको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले पनि महानगरकै गाडी प्रयोग गर्न लागेको उनले बताएका छन् । ‘गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ,’ कोइरालाले भनेका छन्, ‘निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेको यहाँहरूलाई अवगत गराउन चाहन्छु । मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजु देखाउने रहेछ । यसका साथै लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु ।’



सूचनामा आफूलाई महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न सुझाव दिएको पनि उल्लेख गरेका छन् । ‘महानगरका जनप्रतिनिधिहरू, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएकाले उहाँहरूको सुझाव नकार्न सक्ने अवस्था नभएको समेत जानकारी गराउँदछु,’ उनले भनेका छन् । 



यस्तै उनले यो विषय सामान्य भए पनि पारदर्शी हुनुपर्छ भन्ने लागेकोले सूचना जारी गरेर जानकारी गराएको बताएका छन् । ‘यो विषय सामान्य भए पनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सधैँ अभिप्रेरित भएकोले महानगरवासीलाई यस विषय जानकारी गराउन उपयुक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरू सबैलाई अवगत गराउन चाहन्छु,’ सूचनामा उल्लेख छ । 



कोइरालाका प्रेस सल्लाहकार मीनकुमार श्रेष्ठले पनि प्रमुख कोइरालाले जारी गरेको सूचना अनुसार नै गाडी प्रयोग हुने बताए । ‘निजी गाडी प्रयोग गर्दा विभिन्न समस्या आयो,’ उनले भने, ‘विशेष गरी तेल प्रयोग गर्दा बेरुजु देखिने भयो, अनि प्रयोग नगरी राख्दा महानगरको गाडी पनि बिग्रने देखियो, त्यही भएर मेयरसाब यो निर्णयमा पुग्नु भएको हो ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।