शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीलाई जोगाउन डेढ महिनापछि क्षुद्र ग्रहसँग ठोक्किँदैछ नासाको यान

आइतबार, २९ साउन २०७९, १२ : २०
आइतबार, २९ साउन २०७९

क्षुद्र ग्रह धर्तीतर्फ आइरहेका छन् भन्ने खबर हरेक महिना एक वा दुई पटक सुन्न पाइन्छ । कहिले टाढा त कहिले नजिकैबाट त्यस्ता क्षुद्र ग्रह यात्रा गर्छन् । तर पृथ्वीलाई वास्तविक खतरा यदि कुनै वस्तुबाट छ भने ती क्षुद्र ग्रह नै हुन् । यदि कहिले कुनै क्षुद्र ग्रह धर्तीतर्फ आइरहेका छन् र त्यसको दिशामा परिवर्तन भएन भने प्रलय निश्चित छ । यस्तै क्षुद्र ग्रहलाई टाढा राख्नका लागि वा त्यसको दिशा परिवर्तन गर्नका लागि नासाले अघिल्लो वर्ष डार्ट मिसन सार्वजनिक गरेको थियो । सेप्टेम्बर २६ तारिख (१० असोज (घटस्थापनाको दिन)) यो मिसनले क्षुद्र ग्रहलाई ठोक्काएर त्यसको दिशामा परिवर्तन गर्दैछ ।

धर्तीलाई क्षुद्रग्रहको ठक्करबाट जोगाउनका लागि यो स्पेसक्राफ्ट सुदुर अन्तरिक्षमा चक्कर लगाइरहेको क्षुद्रग्रहसँग ठोक्किनेछ । उद्देश्य एउटै मात्र के छ भने ठक्करले के साँच्चै नै क्षुद्रग्रहको दिशामा परिवर्तन होला कि नहोला भनेर थाहा पाउनु हो । नासाको यो यान क्षुद्रग्रहसँग २३,७६० किलोमिटर प्रतिघण्टाको गतिले ठोक्किनेछ ताकि क्षुद्रग्रहको दिशामा हुने परिवर्तनलाई रेकर्ड गर्न सकियोस् । साथै ठक्करले दिशामा परिवर्तन हुन्छ वा हुँदैन भनेर पनि पत्ता लगाउने कोसिस गरिनेछ । यसबाहेक ठक्करका बेला क्षुद्रग्रहको वातावरण, धातु, धुलो, माटो आदिलाई पनि ध्यानमा राखिनेछ ।

डार्ट मिसनले के गर्नेछ ?

यो मिसनको नाम डबर एस्टेरोयड रिडायरेक्सन टेस्ट हो । यसलाई काइनेटिक इम्प्याक्टर टेक्निक प्रयोग गरेर यस्तो कार्य गरिनेछ । यो प्रविधि यसकारण विकसित गरिएको छ ताकि धर्तीतर्फ आइरहेको क्षुद्रग्रहसँग यानको ठक्करले त्यसको दिशामा परिवर्तन गर्न सकियोस् । जुन क्षुद्रग्रहमाथि नासा डार्ट स्पेसक्राफ्ट (यान) मार्फत् हमला गरिनेछ त्यसको नाम हो डिडिमोस ।

डिडिमोस क्षुद्रग्रह २६०० फिट डायमिटर (व्यास) को छ । यसको चारैतिर चक्कर लगाइरहेको एउटा सानो चन्द्रमा जस्तो पत्थर पनि छ । यो चन्द्रमाको नाम हो डाइमरफोस । यानको ठक्कर यसैसँग हुनेछ । यसको व्यास ५२५ फिट हो । नासाले यो सानो चन्द्रमा जस्तो पत्थरलाई निशाना बनाउनेछ । जुन डिडिमोससँग ठोक्किनेछ । त्यसपछि यी दुईको गतिमा हुने परिवर्तनको अध्ययन धर्तीमा भएका टेलिस्कोपमार्फत् गरिनेछ ।

डार्ट स्पेसक्राफ्टको गती ?

नासाको प्लेनेटरी डिफेन्स अफिसर लिन्डली जोनसनले यो ठक्करपछि आफूहरुलाई काइनेटिक इम्प्याक्टर प्रविधिको क्षमताबारे थाहा हुने बताएकी छिन् । साथै, यत्तिको तयारले पुग्ने वा धर्तीलाई यस्ता क्षुद्रग्रहबाट जोगाउनका लागि कुनै नयाँ प्रविधिको विकास गर्नुपर्छ भन्नेबारे पनि ज्ञान हुने उनले बताएकी छिन् । डिडिमोससम्म पुग्न यो तीब्र गतिमा जानेछ तर त्यसको चन्द्रमासँग यो करिब २४ हजार किलोमिटर प्रतिघण्टाको गतीमा ठोक्किनेछ ।

अत्यधिक गतिमा डिडिमोससँग जुन ठक्कर हुनेछ  त्यो नियन्त्रण बाहिर हुनेछ । त्यसैले डार्ट स्पेसक्राफ्टको गतिलाई कम गरेर त्यसलाई डिडिमोसको चन्द्रमासँग ठोक्काइनेछ । ठक्करका कारण चन्द्रमाको गतिमा अलिकति मात्रै परिवर्तन आयो भने पनि डिडिमोससँग ठोक्किने सम्भावना हुन्छ । यसमार्फत् दुबैको गति र दिशामा साधारण अन्तर आउन सक्छ । अन्तरिक्षमा एक डिग्री र एक किलोमिटरको गतिको कमीले पनि ठूलो असर पार्न सक्छ । धर्तीसँग ठोक्किनबाट रोक्न सक्छ ।

निगरानीका लागि भिन्न यान हुने

डार्ट स्पेसक्राफ्टमाथि निगरानी गर्नका लागि सँगै इटालियन स्पेस एजेन्सीको लाइट इटालियन क्युबसेट फर इमेजिङ एस्टेरोयड्स पठाइँदै छ । यो ठक्करका बेला डिडिमोस एस्टेरोयडको नजिकैबाट यात्रा गर्नेछ ताकि ठक्करको फोटो खिच्न सकोस् र त्यसको तस्बिर धर्तीमा पठाउन सकोस् । नासाले लगातार धर्तीको आसपासबाट यात्रा गर्ने पत्थर अर्थात् नियर–अर्थ अब्जेक्ट्समाथि निगरानी राख्छ । यदि कुनै ढुङ्गा पृथ्वीको १.३ खगोलीय एकाई अर्थात् पृथ्वी र सूर्यबीचको दुरीको १.३ गुणा टाढा पुग्यो भने त्यो नासाको रडारमा देखिन्छ । हालसम्म नासाले धर्तीको आसपास ८००० भन्दा बढी नियर–अर्थ अब्जेक्ट्स दर्ता गरेको छ ।

नासाद्वारा दर्ता गरिएका नियर–अर्थ अब्जेक्ट्समध्ये केही क्षुद्रग्रह यस्ता छन् जुन ४६० फिट व्यासभन्दा बढीका छन् । यदि यो आकारको कुनै ढुङ्गा अमेरिकामा खस्छ भने यसले कुनै पनि एक राज्यलाई पूर्ण रुपमा नष्ट गर्न सक्छ । यदि यो समुद्रमा खस्छ भने यसले ठूलो सुनामी ल्याउन सक्छ । यद्यपि, नासाले पृथ्वीको चारैतिर चक्कर लगाइरहेका ८००० पत्थरमध्ये एउटा पनि अर्को १०० वर्षसम्म धर्तीसँग नठोक्किने विश्वास दिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप