भोट खसाल्ने दिनभन्दा १५ दिन अघिसम्म मत माग्न नपाउने कानुन बन्दै
चुनाव प्रचारको समय घटाउने गरि निर्वाचन आयोगले निर्वाचन कानुनमा केही संसोधन गर्ने तयारी गरेको छ । आइतबार विभिन्न मिडियाका सम्पादकहरूसँग आयोगले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानुन संसोधन गर्न लागेको र त्यसको मस्यौदा तयार रहेको जानकारी गराए ।
उनले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धि विधेयक मस्यौदामा मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाइने, घरदैलोदेखि आमसभा गर्न नपाइने व्यवस्था राखिएको बताए । चुनाव प्रचारको समय धेरै राखेका कारण उम्मेदवारले धेरै खर्च गर्ने अवस्था रोक्न सो व्यवस्था गर्न लागेको उनको भनाइ छ ।
यस्तै आयोगले केन्द्रबाट मात्र मतपत्र प्रकाशन नगरी विकेन्द्रीकृत ढंगले प्रकाशनको प्रावधान राखिएको बताए । यस्तै अब आउने चुनावमा विद्युतिय मेसिनबाट मतदान गराइनेछ भन्ने कुरा कानुनमै लेखेर सरकारलाई बाध्यकारी बनाउन खोजेको जानकारी गराए । सो मस्यौदामाथि छलफल चलिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का