बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

आइतबार, २९ साउन २०७९, ११ : ३९
आइतबार, २९ साउन २०७९

कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए ।  यद्यपी उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो ।  

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।  

यद्यपी मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल समावेशी नबनाएर नै नवनियुक्त शाहीले शपथ लिएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप