भायानेटको नयाँ शाखा अब सुर्खेत, घोराही र तुलसीपुरमा
भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सूपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन्।
यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउने कम्पनीले जनाएको छ।
यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको जनाएको छ। भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ भने घोराही सर्भिस सेन्टर बी.पी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ त्येस्तै भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर रोड एन आई सी एशिया बैंक नजिकै खोलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी