शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी प्रेस संगठन मधेस प्रदेशको अध्यक्षमा प्रवीण साह चयन

आइतबार, २९ साउन २०७९, १० : ५५
आइतबार, २९ साउन २०७९

नेकपा एकीकृत समाजवादी निकट ‘समाजवादी प्रेस संगठन नेपाल’को मधेश प्रदेश अध्यक्षमा प्रवीण साह चयन भएका छन् । संगठनको प्रथम अधिवेशनबाट साहको नेतृत्वमा १३ सदस्यीय सर्वसम्मत समिति गठन गरिएको हो । 
उपाध्यक्षमा प्रवीण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा रमेश सुवेदी, सहसचिवमा प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादवलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेल छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यबाहक महासचिव गोबिन्द चौंलागाईको प्रमुख आतिथ्यमा भएको प्रदेश अधिवेशनमा नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह, उपमहासचिव जगन्नाथ खतिबडा, मधेश प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण मन्त्री शत्रुधन महतो, सचिव नगेन्द्र चौधरी, प्रदेश अध्यक्ष रामचन्द्र यादव, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप