बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, २९ साउन २०७९, १० : ५४
आइतबार, २९ साउन २०७९

आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा २५ रुपैयाँले बढ्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप