शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा विवाद हुँदा साथीको हत्या, दुई महिनापछि आरोपी पक्राउ

आइतबार, २९ साउन २०७९, १० : ४८
आइतबार, २९ साउन २०७९

काठमाडौं महानगरपलिका–३२ कोटेश्वरस्थित झोलुंगे पुलमुनी मोरङ घर भएका युवराज बराल ‘अनिश’को शव भेटिएको थियो । असार ५ मा  मृत भेटिएका अनिशको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले रामेछाप घर भई कोटेश्वर बस्दै आएका २० वर्षका सुरज कार्कीलाई पक्राउ गरेको छ । साउन २६ मा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोरङको उर्लाबारी–२ घर भएका अनिश र आरोपी साथी हुन् । अनिशले हेला गरेर ‘तिमी कार्की होइन् सार्की हौ’ भनेपछि विवाद हुँदा उनलाई कुटेर लडाएको सुरजले प्रहरीलाई बताएका छन् । २९ वर्षका अनिश र आरोपी अघिल्लो दिन चोरी आरोपमा सँगै प्रहरी प्रभाग कोटेश्वरको हिरासतमा थिए ।

हिरासतबाट छुटेपछि दिनभर मदिरा सेवन गरेको र राति अनिशले हेपेपछि आफुले किक हानेर लडाएर हिँडेको प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार २९ वर्षका अनिशलाई कुटेर उनि लडेपछि सुरज भागेर नगरकोट गए । कुटाइ र मदिरा सेवनका कारण अनिशको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

युवराज बराल कोटेश्वर क्षेत्रमा सडक पेटीमा बस्थे, मदिरा पिउँथे । घटनाबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप