नेरेसो काठमाडौँ सभापतिमा डोटेल

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको सभापति पदमा श्यामकाजी डोटेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न शाखाको ४२औँ अधिवेशनमा उनले ६९ मत प्राप्त गरी सो पदमा निर्वाचित भएका हुन् । यस अगाडि उनी शाखाको मन्त्री थिए ।


नवनिर्वाचित सभापति डोटेलको निकटतम् प्रतिस्पर्धी लबराज श्रेष्ठले ३४ मत प्राप्त गरे निर्वाचन अधिकारी एवं नेरेसो भक्तपुरका शाखाको मन्त्री पर्शुराम पाण्डेले जानकारी दिए । यसैगरी शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिलकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भएका छन् ।



यसैगरी सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बाँनिया, लक्ष्मीप्रसाद कुइँकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन चयन भएका छन्। 



निर्वाचनमा जिल्ला शाखाअन्तर्गतका १८ उपशाखामध्ये १७ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । “हामी रेडक्रसको आदर्श,  सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काठमाडौँलाई लैजान चाहन्छौँ । नवनिर्वाचित कार्यसमितिमा जिल्लाका अधिकांश उपशाखाको प्रतिनिधित्व भएको छ”, नवनिर्वाचित शाखा सभापति डोटेलले भने । 

उनले काठमाडौँ जिल्ला शाखाको निर्वाचन नेरेसोको कन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उदाहरण बन्न सक्ने बताए । शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरिरहेको छ । साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले  सञ्चालन गरिरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।