बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘युनाइटेडलाई नयाँ खेलाडीको खाँचो छ’

आइतबार, २९ साउन २०७९, ०९ : ३१
आइतबार, २९ साउन २०७९

म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले टिमलाई नयाँ खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार राति ब्रन्टफोर्डसँग ४–० गोलको हारपछि बोल्दै उनले टिममा अब नयाँ र स्तरिय खेलाडीको खोजी भएको बताए ।

‘हामीलाई नयाँ खेलाडी टिममा खाँचो छ । त्यसमा पनि स्तरिय खेलाडी । म खेलाडीलाई युनाइटेडमा ल्याउन प्रयास गर्नेछु,’  टेन ह्यागले भने ।

उनले जब टिममा सबै कुराले साथ दिन्छ तब मात्र खेलहरु जित्न सकिने बताए । युनाइटेडले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा आउने उनको भनाइ छ ।

‘सबै कुराले साथ दिए टिमले उत्कृष्ट प्रदर्शन गर्नेछ । युनाइटेड छिटै लयमा आउनेछ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप