बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खाली पेटमा अदुवाको पानी पिउनाले पाउन सकिन्छ यी ५ फाइदा

आइतबार, २९ साउन २०७९, ०९ : २९
आइतबार, २९ साउन २०७९

अदुवाले तपाईंको चिया र खानाको स्वाद बढाउन मात्र सहयोग गर्दैन यसले स्वास्थ्यमा थुप्रै लाभसमेत पुर्याउने गर्छ । अदुवा हामी मध्ये धेरैको भान्साको एक महत्वपूर्ण तत्व हो । हामी सबैले कुनै न कुनै रूपमा अदुवाको सेवन गर्छौं, चाहे त्यो चियामा हालेर होस् वा विभिन्न प्रकारका परिकारमा । तर के तपाईंले कहिल्यै अदुवाको पानी पिउनुभएको छ ? भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार अदुवाको लाभ पाउनका लागि अदुवाको पानी सबैभन्दा सजिलो उपाय हो । आयुर्वेदमा अदुवा औषधीय गुणका लागि परिचित छ । पुरातन चिकित्सामा, यसलाई धेरै रोगहरू निको पार्ने जडीबुटीको रूपमा प्रयोग गरिन्छ ।

अदुवामा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ । यसमा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिंक, कपर, म्यागनीज र क्रोमियम पाइन्छ । जसका कारण यसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । विशेष गरी यदि तपाईंले बिहान खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यो थप लाभदायी हुन्छ । यस लेखमा, हामी तपाईलाई बिहान खाली पेटमा अदुवाको पानी पिउनुका ६ फाइदाहरू बताइरहेका छौँ ।

१. तौल घटाउन मद्दत गर्छ

खाली पेटमा अदुवाको पानी पिउनाले मेटाबोलिजम तेज हुन्छ । जब तपाईंको मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले दिनभर सामान्य क्रियाकलाप गर्दा पनि क्यालोरीहरू बर्न गर्ने काम गर्छ । जसले तब्र रुपमा फ्याट बर्न गर्न मद्दत गर्छ । यसले शरीरलाई प्राकृतिक रूपमा डिटक्सिफाइ गर्न पनि मद्दत गर्छ ।

२. मधुमेह रोगीहरूका लागि लाभदायक

यदि तपाईंले खाली पेटमा अदुवाको पानी पिउनुहुन्छ भने यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ र रगतमा चिनीको मात्रा बढ्नबाट रोक्छ । यसले मधुमेहका कारण हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

३. छालाको लागि लाभदायी

शरीरमा जम्मा भएको फोहोर र विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउने फ्री रेडिकलसँग लड्न मद्दत गर्छ । छालाको दाग, पिम्पल, बुढेसकालका लक्षणहरू जस्तै चाउरी र फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ । यसले तपार्इंको रगतलाई प्राकृतिक रूपमा शुद्ध गर्न मद्दत गर्दछ, जसको प्रभाव छालामा प्रत्यक्ष रूपमा देखिन्छ।

४. सुन्निने समस्या हटाउन सहयोगी

शरीर सुन्निनेजस्ता समस्या हटाउन यसले मद्दत गर्छ । अदुवामा प्रचुर मात्रामा एन्टी(इन्फ्लेमेटरी गुण हुन्छ, यसले कीटाणु र हानिकारक ब्याक्टेरियासँग लड्न मद्दत गर्दछ । क्रोनिक इन्फ्लामेटरीसँग लड्न अदुवा पानी धेरै लाभदायक छ ।

५. पेटका लागि लाभदायी

खाली पेटमा अदुवाको पानी पिउनाले पाचन शक्तिलाई बलियो बनाउन मद्दत गर्छ । जसले गर्दा अपच, कब्जियत, पेट फुल्ने, बान्ता(पखाला र वाकवाकी जस्ता समस्यालाई हटाउन पनि यो निकै प्रभावकारी हुन्छ ।

६. कोलेस्ट्रोल कम गर्छ

अदुवाको पानी पिउनाले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसका कारण हृदयाघात र स्ट्रोक जस्ता रोगको जोखिम कम गर्न र मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।

अदुवाको पानी कसरी बनाउने

अदुवाको पानी बनाउनका लागि, तपाईंले अदुवाको टुक्रालाई एक गिलास पानीमा १ इन्चसम्मको अदुवाको टुक्रा पिसेर हाल्नुहोस् र यसलाई उमाल्नुहोस् । त्यसपछि यसलाई छान्नुहोस् र एक चम्चा महसँग कागतीको रसमा मिसाएर खानुहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप